Main News
ललितपुर महानगरमा १८ वर्षभन्दा माथिकालाई बुस्टर मात्रा लगाइँदै
२०७८ फागुन ९ गते ९:१६
९ फागुन २०७८ ललितपुर । ललितपुर महानगरपालिकामा आजबाट कोरोनाविरुद्धको खोपको बुस्टर मात्रा लगाइँदैछ ।
महानगरपालिकाले हिजो एक सूचना जारी गर्दै २९ वटा वडाका नागरिकलाई आज र भोलि दुई दिन बुस्टर मात्रा लगाउने बताएको हो । १८ वर्षभन्दा माथिका बुस्टर लगाउन बाँकी रहेकालाई बुस्टर खोप लगाइनेछ ।
यसअघि दोस्रो मात्रा खोप लगाएको ६ महिना पुगेका व्यक्तिले बुस्टर मात्रा लिन पाउने महानगरपालिकाले जनाएको छ ।खोप कार्यक्रम बिहान १० बजेदेखि अपराह्न ४ बजेसम्म सञ्चालन हुनेछ ।
खोप लगाउनका लागि सम्बन्धित वडा कार्यालयमा सम्पर्क गर्न र पहिले खोप लगाएको कार्ड पनि लिएर जान महानगरपालिकाले आग्रह गरेको छ ।
प्रतिक्रिया