Main News

विभिन्न राजनीतिक दलले आज पनि नयाँ बानेश्वरमा प्रदर्शन गर्ने

हिमालय टिभी
२०७८ फागुन ८ गते ९:०८
विभिन्न राजनीतिक दलले आज पनि नयाँ बानेश्वरमा प्रदर्शन गर्ने

८ फागुन २०७८ काठमाडौं । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपा, नेकपा क्रान्तिकारी माओवादी, नेकपा मसालसहितका ६ कम्युनिष्ट पार्टीले एमसीसी परियोजनाको विरोध गर्दै आज संसद भवन घेराउगर्ने भएका छन् ।

हिजो बसेको सबै दलको बैठकले यस्तो निर्णय गरेको विज्ञप्तिमार्फत जानकारी दिइएको छ ।

एमसीसी जुनसुकै मूल्यमा खारेज हुनुपर्ने भन्दै उनीहरूले आज संसद भवन र देशभरका जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने निर्णय गरेका छन् ।

काठमाडौँको माइतीघर मण्डलाबाट विरोध प्रदर्शनसहित नयाँ बानेश्वरस्थित संसद भवन घेराउ गर्ने र अन्य सबै जिल्लामा प्रदर्शनसहित जिल्ला प्रशासन कार्यालय घेराउ गर्ने विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *