खेलकूद

ए डिभिजन लीग फूटबलमा १२औं चरणका खेल हुँदै

हिमालय टिभी
२०७८ फागुन ७ गते ८:०५
ए डिभिजन लीग फूटबलमा १२औं चरणका खेल हुँदै

७ फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमामा आजदेखि १२ औं चरणका खेल हुँदैछन् ।

आजको पहिलो खेलमा फ्रेण्ड्स क्लब र च्यासल युथ क्लबबीच प्रतिस्पर्धा हुनेछ । फ्रेण्ड्स रेलिगेशन जोनभन्दा एक स्थानमाथि रहेको टोली हो भने च्यासल तालिकाको पुछारमा छ । फ्रेण्ड्सले ७ तथा च्यासलले ६ अंक जोडेका छन् ।

आज फ्रेण्ड्सको लक्ष्य अंक तालिकामा सुधारको हुनेछ च्यासल रेलिगेशन संकट टार्न कुनै पनि हालतमा जितको खोजीमा रहनेछ । दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।

उता आजै हुने अर्को खेलमा लीग विजेता मछिन्द्र क्लबले थ्रीस्टार क्लबको सामना गर्नेछ । मछिन्द्र जारी लीगमा आफ्नो अपराजित यात्रालाई निरन्तरता दिन चाहन्छ ।

त्यस्तै थ्री स्टार तालिकाको दोस्रो स्थानमा उक्लने योजनामा रहनेछ । मछिन्द्रको २९ तथा थ्री स्टारको १९ अंक छ । दशरथ रंगशालामै खेल साँझ पौने ५ बजे शुरू हुनेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्