खेलकूद
बराबरीमा रोकियो बार्सिलोना
२०७८ फागुन ६ गते ७:४९

६ फागुन २०७८ काठमाडौं । युरोपा लीग फूटबलको अन्तिम ३२ को खेलमा बार्सिलोना बराबरीमा रोकिएको छ ।
लीग अन्तर्गत अन्तिम ३२ को पहिलो लेगमा स्पेनिस क्लब बार्सिलोना र इटालीको नापोलीले ११ गोलको बराबरी खेलेका हुन् ।
बार्सिलोनाको घरेलु मैदान नाउ क्याम्पमा नापोलीले २९औं मिनेटमा पिटोर जेलिन्सकीको गोलबाट अग्रता लिएको थियो ।
५९औं मिनेटमा बार्सिलोनाका फेरान टोरेसले पेनाल्टीमार्फत गोल गर्दै खेल १–१ को बराबरी गरेका थिए । दोस्रो लेग नापोलीको मैदानमा फेब्रुअरी २४ तारिखमा हुनेछ ।
अन्तिम १६ को पहिलो लेगका अन्य खेलमा रेञ्जर्स, सेरिफ टिरासपोल, रियल बेटिस, एटलान्टा, एफसी पोर्टो र सेभिया विजयी भएका छन् ।
प्रतिक्रिया