ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

हिमालय टिभी
२०७८ फागुन ५ गते ८:०७
ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै

५ फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदैछ ।

ए डिभिजन लीगमा आज एघारौं चरणका अन्तिम दुई खेल हुन लागेका हुन् । सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा न्यू रोड टीम एनआरटी र संकटा क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

एनआरटी १४ अंकसहित सातौं स्थानमा रहँदा संकटा १५ अंकका साथ पाँचौ स्थानमा छ । खेल दिउँसो १ बजे शुरू हुनेछ ।

उता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा एपीएफ फुटबल क्लब र मनाङ मर्स्याङ्दी क्लबबीच खेल हुनेछ । नवौं स्थानको एपीएफले ११ अंक जोड्दा मनाङ २० अंकसहित दोस्रो स्थानमा छ । खेल दिउँसो १ बजे नै शुरू हुनेछ ।

ए डिभिजन लीगको उपाधि भने दुई खेल अगावै मछिन्द्र क्लबले जितिसकेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *