Main News
आज देशभर सामान्यतया मौसम सफा रहने
२०७८ फागुन ४ गते ९:११
४ फागुन २०७८ काठमाडौं । मौसमविदहरुले आज देशभर सामान्यतया मौसम सफा रहने बताएका छन् ।
हाल देशमा पश्चिम न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ । दिउँसो पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही बाँकी भू–भागमा आंशिक बदलीदेखि मौसम सामान्यतया सफा रहनेछ ।
देशको पहाडी भू–भागका केही स्थानमा हल्का वर्षा र उच्च पहाडी तथा हिमाली भू–भागका केही स्थानमा हल्का हिमपातको सम्भावना छ ।
प्रतिक्रिया