ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदै

४ फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज तीन खेल हुँदैछ ।
एघारौं चरण अन्तर्गत सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा त्रिभुवन आर्मी फूटबल क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा हुनेछ । आर्मी १८ अंकसहित तेस्रो स्थानमा रहँदा हिमालयन १२ अंकका साथ आठौं स्थानमा छ । खेल दिउँसो १ बजे शुरू हुनेछ ।
उता त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा मछिन्द्र फूटबल क्लब र सातदोबाटो युथ क्लबबीच खेल हुनेछ । शीर्ष स्थानको मछिन्द्रको २६ अंक छ । सातदोबाटो १५ अंक जोडेदै छैटौं स्थानमा रहेको छ । खेल दिउँसो १ बजे नै शुरू हुनेछ ।
आजको तेस्रो खेलमा नेपाल पुलिस क्लब र थ्री स्टार क्लब आमने सामने हुनेछन् । पुलिस १० अंक जोड्दै दशौं र थ्री स्टार १७ अंक जोडेर चौंथो स्थानमा छन् । दशरथ रंगशालामा खेल अपरान्ह पौने पाँच बजेदेखि हुनेछ ।
प्रतिक्रिया