खेलकूद

चौतर्फी आलोचनापछि बल्ल बोल्यो एन्फा (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन ३ गते २०:३२
चौतर्फी आलोचनापछि बल्ल बोल्यो एन्फा (भिडियो रिपोर्टसहित)

३ फागुन २०७८ काठमाडौं । खेल दौरान मैदानमै खेलाडीलाई गम्भीर चोट लाग्दासमेत मेडिकल टोलीको उचित व्यवस्थापन नगरेको भन्दै क्लब र समर्थकले आयोजक अखिल नेपाल फूटबल संघ (एन्फा)को चर्को विरोध गरे ।

देशकै शीर्ष डिभिजनको खेलका क्रममा मेडिकल टोलीलाई तयारी अवस्थामा नराखेको भन्दै लगातार आलोचनाहरु भईरहेपछि एन्फाले ३ दिनपछि बल्ल औपचारिक धारणा सार्वजनिक गरेको छ ।

सहिद स्मारक ए डिभिजन लीगको १० औं चरणमा अप्रत्यासित घटना मैदानमा देखियो । शनिबार च्यासल युथ क्लबविरुद्धको खेलमा विपक्षी खेलाडीसँग ठोकिएपछि मछिन्द्र क्लबका फरवार्ड मनिष डाँगी अचेत भई मैदानमा ढले ।

खेलाडी र फिजियोको टोलीको अथक प्रयास पछि उनी होसमा त आए तर यस्तो जटिल अवस्थमा समेत मैदानमा डाक्टरको उपस्थिति नभएको भन्दै एन्फामाथि गालीको वर्षा भयो । तर घटनाको ३ दिनपछि एन्फाको स्पष्टिकरण आएको छ ।

फिफा र एएफसीको गाइडलाइन अनुसार एन्फाले मेडिकल टोली र एम्बुलेन्सलगायतका सावधानी प्रत्येक खेलमा तयारी अवस्थामा राखेको बताइरहँदा मैदानमा खेलाडीको उपचारका लागि भने फिजियोहरु मात्र देखिए । उनीहरुको प्रयासमा खेलाडीलाई होशमा ल्याउन सफल भए पनि त्यस्तो समय डाक्टरको उपस्थिति भएको खण्डमा अवस्था बेग्लै हुन सक्ने फिजियो नविना श्रेष्ठको बुझाइ छ ।

लीगमा पारदर्शिताकै लागि आह्वान गरेको टेन्डरमा निजी कम्पनी इशाराले व्यवस्थापन अन्तर्गत सरसफाई, बल ब्वायदेखि डाक्टरसम्म उपलब्ध गराउने जिम्मेवारी पाएको थियो ।

एन्फाको तर्फबाट कहीँ कतै कमजोरी नभए पनि टेन्डर प्राप्त कम्पनी इशाराबाट खटिएका डाक्टर समयमा मैदानमा नरहेको विषयमा कम्पनीसँग एन्फाले स्पष्टीकरण मागेको छ ।

कम मूल्यमा कम्पनीलाई टेन्डर दिएको एन्फाले आफ्ना गल्ती र कमजोरी ढाकछोप गर्न जतिनै प्रयास गरेपनि यो घटनाले उसको व्यवस्थापकिय पक्ष छर्लङ्ग बनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्