Main News
एमालेले भोलिको संसद बैठक पनि अवरोध गर्ने (भिडियो रिपोर्टसहित)
२०७८ फागुन ३ गते १८:२८
३ फागुन २०७८ काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले भोलि बस्ने प्रतिनिधिसभा बैठक पनि अवरोध गर्ने भएको छ ।
नेपाली कांग्रेसले अमेरिकी सहयोग परियोजना (एमसीसी) संसदमा पेश गर्ने निर्णय गरेसँगै एमालेले संसद अवरोध गर्ने निर्णय यथावत् राखेको छ ।
सरकारले प्रमुख प्रतिपक्षीलाई सहमतिमा ल्याउनेभन्दा पनि पूर्ण रुपमा बेवास्ता गर्दै अघि बढेको एमालेको आरोप छ ।
आफूले पदमुक्त गरेका १४ जना सांसदको कारबाहीको सूचना जारी नगरी सभामुख अग्निप्रसाद सापकोटाले पार्टी विभाजनमा भूमिका खेलेको भन्दै एमालेले निरन्तर संसद बैठकमा अवरोध गर्दै आएको छ ।
प्रतिक्रिया