Main News

कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ६८० संक्रमित थपिँदा १८३५ संक्रमणमुक्त

हिमालय टिभी
२०७८ फागुन ३ गते १६:५६
कोरोना संक्रमणबाट थप दुई जनाको मृत्यु, ६८० संक्रमित थपिँदा १८३५ संक्रमणमुक्त

३ फागुन २०७८ काठमाडौं । नेपालमा थप ६ सय ८० जना कोरोना संक्रमित थपिएका छन् भने थप २ जनाको मृत्यु भएको छ ।

४ हजार २ सय ५६ पीसीआर परीक्षणमा ४ सय सय ९८ र २ हजार ८ सय ३९ एन्टिजेन परीक्षणमा १ सय ८२ जनामा संक्रमण पुष्टि भएको हो । काठमाडौं उपत्यकामा २ सय ९ संक्रमित थपिएका छन् ।

काठमाडौंमा १ सय ७०, ललितपुरमा २४ र भक्तपुरमा १५ जनामा संक्रमण पुष्टि भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । थप २ जनाको मृत्यु भएसँगै नेपालमा कुल मृतकको संख्या ११ हजार ९ सय २ पुगेको छ ।

पछिल्लो पटक १ हजार ८ सय ३५ जना संक्रमणमुक्त भएका छन् । अहिले देशभर १९ हजार ४ सय सक्रिय संक्रमित छन् । १ सय ७४ जनाको आइसीयू र ३३ जनाको भेन्टिलेटरमा उपचार भइरहेको छ ।

पछिल्लो पटक ४३ हजार ८ सय ८१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *