पश्चिमी वायुको प्रभाव : हल्का वर्षा र हिमपातको सम्भावना
३ फागुन २०७८ काठमाडौं । आज पहाडी भेगको एकदुई ठाउँमा हल्का वर्षाको सम्भावना रहेको मौसमविदले बताएका छन् ।
पानी र हिउँ पार्ने कुनै पनि प्रणाली सक्रिय नभएपनि स्थानीय वायुको प्रभावले आज गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका पहाडी भूभागका एकदुई स्थानमा हल्का वर्षा हुने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका वरिष्ठ मौसमविद् राजु प्रधानाङ्गले जानकारी दिनुभयो ।
उहाँका अनुसार उच्च पहाडी तथा हिमाली भूभागका थोरै स्थानमा हल्का हिमपातको सम्भावना रहेको छ। अहिले देशको पहाडी भूभागमा आंशिक बदली र तराईका केही भूभागमा हुस्सु लागेको भएपनि बाँकी भूभागमा मौसम सामान्यतया सफा रहेको छ।
हुस्सु हट्दै गएपछि दिउँसो न्यानो हुनेछ । तर बिहान बेलुकी भने अझै केही दिन चिसो हुने भएकाले ख्याल गर्न मौसमविद् प्रधानाङ्गले आग्रह गर्नुभएको छ ।
प्रतिक्रिया