खेलकूद
चार देशीय टि–२० क्रिकेटमा आज नेपाल र आयरल्याण्ड भिड्दै, हिमालय टेलिभिजनमा प्रत्यक्ष प्रशारण हुने
२०७८ फागुन २ गते ९:०७
२ फागुन २०७८ काठमाडौं । चारदेशीय टि–२० क्रिकेट श्रृङ्खलामा नेपालले आज आयरल्याण्डसँग खेल्दैछ ।
ओमानको मस्कटस्थित क्रिकेट मैदानमा खेल नेपाली समय अनुसार आज अपरान्ह पौने ४ बजे हुनेछ । प्रतियोगितामा आजै ओमन र युनाइटेड अरब इमिरेट्स (यूएई)बीचको खेल पौने १२ बजे हुनेछ ।
यसअघि भएको पहिलो खेलमा ओमानलाई हराएको नेपाल दोस्रो खेलमा भने यूएईसँग पराजित भएको थियो ।
ओमानमै १८ फेब्रुअरीदेखि शुरु हुने आईसीसी टि–२० विश्वकप ग्लोबल क्वालिफायर ए को तयारी स्वरुप सिरिज आयोजना भएको हो । दुवै प्रतियोगिता हिमालय टेलिभिजन एचडीमा प्रत्यक्ष प्रशारण हुनेछ ।
प्रतिक्रिया