खेलकूद

प्रिमियर लीग फूटबलमा बर्नली लिभरपुलसँग पराजित

हिमालय टिभी
२०७८ फागुन २ गते ८:११
प्रिमियर लीग फूटबलमा बर्नली लिभरपुलसँग पराजित

२ फागुन २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा लिभरपुलले रेलिगेशन जोनमा रहेको बर्नलीलाई पराजित गरेको छ।

गएराति तालिकाको पुछारमा रहेको बर्नलीमाथि लिभरपुलले १–० को जित निकालेको हो । लिभरपुलले लीगमा बर्नलीमाथि चार खेलमा लगातार जित निकालेको हो ।

एनफिल्डको जितले शीर्ष स्थानको म्यानचेस्टर सिटीमाथि दबाब बढाएको छ । लिभरपुलको जितमा फाबिन्होले विजयी गोल गरे । पछिल्लो खेलमा जित प्राप्त गरेपनि लिग लिडर म्यानचेस्टर सिटी भन्दा लिभरपुल ९ अंकले पछि छ । बर्नली तालिकाको पुछारमा छ ।

यस्तै लीगअन्तर्गत गएराति भएको अर्को खेलमा उल्भरह्याम्पटनले टोटनह्यामलाई २–० ले पराजित गरेको छ । उल्भ्सको जितमा राउल जिमेनेज र डेनडोनकर एक एक गोल गरेका थिए ।

जितसँगै २३ खेलबाट ३७ अंक जोडेको उल्भ्स् तालिको सातौं स्थानमा छ । टोटनह्यामले २२ खेलबाट ३६ अंक जोडेको छ

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्