विदेश

वार्तामा बस्न रुससँग युक्रेनको आग्रह

हिमालय टिभी
२०७८ फागुन २ गते ७:५८
वार्तामा बस्न रुससँग युक्रेनको आग्रह

२ फागुन २०७८ युक्रेन । युक्रेनले आफ्नो सीमामा बढ्दो तनावकाबीच रुससँग वार्ताका लागि आह्वान गरेको छ ।

यसअघि गत शुक्रबार सीमामा सेना परिचालन गर्नुपर्ने कारणबारे बताउन रुसले अस्वीकार गरेको थियो । यसलगत्तै युक्रनेले ४८ घण्टाभित्र वार्तामा बस्न रुस र प्रमुख युरोपेली सुरक्षा समूहका सदस्यहरूलाई आह्वान गरेको हो ।

युक्रेनी विदेशमन्त्री दिमिट्रो कुलेबाले रूसले युरोपमा सुरक्षा र सहयोग संगठनमा गरेको सैन्य पारदर्शिताको प्रतिबद्धता पूरा गर्नुपर्ने बताए ।

युक्रेनको सिमानामा करिब १ लाख सैनिक तैनाथ भए पनि रुसले आक्रमण गर्ने योजनालाई अस्वीकार गरेको छ । तर केही पश्चिमी राष्ट्रहरूले युक्रेनमा रूसले सैन्य कारबाहीको लागि तयारी गरिरहेको आशंका गरेका छन् ।

आक्रमणको त्रासकाबीच एक दर्जनभन्दा बढी मुलुकले आफ्ना नागरिकलाई युक्रेन छोड्न आग्रह गरेका छन् । केहीले राजधानी कियभबाट दूतावासका कर्मचारीहरूलाई निकालेका छन्।

यद्यपि, युक्रेनका राष्ट्रपति भोलोडिमिर जेलेन्स्की भने रूसले आगामी दिनमा आक्रमण गर्ने योजना बनाएको कुनै प्रमाण नदेखेको बताएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *