Main News

एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा प्रदर्शन (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ फागुन १ गते १७:५७
एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा प्रदर्शन (भिडियो रिपोर्टसहित)

१ फागुन २०७८ काठमाडौं । सत्तासाझेदार नेकपा (एकीकृत समाजवादी)ले एमसीसी सम्झौताविरुद्ध काठमाडौंमा विरोध प्रदर्शन गरेको छ ।

समाजवादीको भातृ संगठनहरुले एमसीसी संसदबाट पास गराउन नहुने भन्दै विरोध प्रदर्शन गरेका हुन् । उनीहरुले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायतका प्लेकार्डसहितको नारा लगाएका थिए ।

प्रदर्शनका क्रममा पार्टीसँग आवद्ध भातृ संगठनका नेताहरुले संसदबाट एमसीसी पास भएमा अझै सशक्त रुपमा आन्दोलन चर्काउने चेतावनीसमेत दिएका छन् ।

माधवकुमार नेपाल नेतृत्वको एकीकृत समाजवादीले एमसीसी यथास्थितिमा स्वीकार्य नहुने अडान राख्दै आएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *