खेलकूद
ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदै
२०७८ फागुन १ गते ७:५२

१ फागुन २०७८ काठमाडौं । सहिद स्मारक ए डिभिजन लीग फूटबलमा आज दुई खेल हुँदैछन् ।
दशौं चरण अन्तर्गत आजको पहिलो खेलमा न्यूरोड टीम एनआरटी र हिमालयन शेर्पा क्लबले प्रतिस्पर्धा गर्दैछन् । एनआरटी १३ अंकसहित सातौं स्थानमा रहँदा ११ अंकका साथ हिमालयन आठौं स्थानमा छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा खेल दिउँसो एक बजे शुरू हुनेछ ।
यस्तै अर्को खेलमा एपीएफ क्लब र संकटा क्लब आमने सामने हुनेछन् । १० अंक जोडेको एपीएफ नवौं स्थानमा छ ।
उता १४ अंकका साथ संकटा छैठौं स्थानमा रहेको टोली हो । सोही मैदानमा खेल अपरान्ह पौने पाँच बजे शुरू हुनेछ ।
प्रतिक्रिया