Main News

फेब्रुअरी अन्त्यसम्म एमसीसी पास नभए फिर्ता लाने अमेरिकी चेतावनी

हिमालय टिभी
२०७८ माघ २७ गते ९:३४
फेब्रुअरी अन्त्यसम्म एमसीसी पास नभए फिर्ता लाने अमेरिकी चेतावनी

२७ माघ २०७८ काठमाडौं । अमेरिकाले फेब्रुअरी अन्त्यसम्म नेपालको संसदबाट मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) परियोजना पारित नगरे फिर्ता लाने बताएको छ ।

एमसीसी मुख्यालयले उक्त अवधिमा नेपालले एमसीसी पारित नगरे फिर्ता लैजाने चेतावनी दिएको हो । एक भर्चुअल अन्तर्क्रियामा एमसीसी उपाध्यक्ष फातिमा सुमारले नेपाल स्वयंले फेब्रुअरी अन्त्यसम्मको समयावधि दिएकाले त्यसपछि नपर्खिने बताउनुभएको हो ।

नेपालका प्रधानमन्त्री शेरबहादुर देउवा र सत्तारुढ दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको हुँदा फेरि समय थप्न नसकिने सुमारको भनाइ छ ।

अब फेरि ढिला गर्ने कुनै बाहना स्वीकार नहुने अमेरिकी अडान छ । माओवादी केन्द्र वा एकीकृत समाजवादीले चाहेजस्तो एमसीसी परियोजनामा कुनै फेरबदल नहुने पनि सुमारको भनाइ छ ।

उपाध्यक्ष सुमारले नेपालजस्तै थुप्रै मुलुक एमसीसी परियोजना लिन पर्खिरहेकाले उनीहरुलाई अझ कुराउन नसकिने सुमारको भनाइ छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *