Main News

जोरबिजोर हटाइएकोबारे स्वास्थ्य मन्त्रालयले जनायो यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २४ गते १४:३३
जोरबिजोर हटाइएकोबारे स्वास्थ्य मन्त्रालयले जनायो यस्तो प्रतिक्रिया (भिडियो रिपोर्टसहित)

२४ माघ २०७८ काठमाडौं । सरकारले कोरोनाबाट आक्रान्त बनेको जनजीवनलाई थप सहज बनाउन प्रतिबन्धात्मक व्यवस्था हटाउँदै लगिएको बताएको छ ।

काठमाडौं उपत्यका लगायतका कोरोनाको जोखिम भएका विभिन्न स्थानहरुमा सवारीसाधनमा जोरबिजोर प्रणाली हटाउनुका साथै आर्थिक तथा भौतिक गतिविधिहरु सहज बनाउनका लागि आवश्यक सहजिकरण गरिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सह प्रवक्ता डा. समीरकुमार अधिकारीले कोरोनाका बिरामीहरु अस्पतालमा भर्ना हुने क्रम घट्दै गएको र संक्रमण पुष्टि हुनेको संख्यामा पनि कमी आएको बताउनुभयो ।

सहप्रवक्ता अधिकारीले कोरोना संक्रमण भइ निको हुनेको संख्या बढी रहेकोले उनीहरुमा रोग प्रतिरोधात्मक क्षमता पनि विकास भइरहेको दाबी गर्नुभयो ।

सहप्रवक्ता अधिकारीले कोरोनाको जोखिम कायमै रहेको भन्दै स्वास्थ्यका मापदण्ड पूर्ण पालना गर्न, मास्कको अनिवार्य प्रयोग गर्न र अन्य मापदण्ड पालना गर्न सर्वसाधारणलाई आग्रह समेत गर्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *