Main News

विद्याकी देवी सरस्वती पूजाको महत्व के छ त ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ २३ गते १८:३१
विद्याकी देवी सरस्वती पूजाको महत्व के छ त ? (भिडियो रिपोर्टसहित)

२३ माघ २०७८ काठमाडौं । विद्याकी देवी सरस्वतीको पूजा अर्चना गरेर आज श्रीपञ्चमी पर्व मनाइएको छ । श्रीपञ्चमीकै दिन बालबालिकालाई अक्षर चिनाउने परम्परा छ । आजैका दिन नयाँ कर्मको थालनी गरे पछि राम्रो हुने जनविश्वास छ ।

मौसमी चक्रअनुसार वर्षभर विभिन्न चाडपर्व मनाइन्छ। यी पर्वले हाम्रो जीवनमा उल्लास मात्र ल्याउँदैन, खास अर्थ पनि राख्ने गर्दछन् । कुनै न कुनै पर्व मनाउनुका पछाडि त्यसको सामाजिक तथा वैज्ञानिक महत्व हुन्छ । यस्तै महत्व राख्ने दिनमा सरस्वती पूजालाई लिइन्छ । विद्याकी देवी सरस्वतीको महत्व के छ त ? संस्कृतिविद् ज्योतिषी अच्यूत पौडेल यस्तो बताउनुहुन्छ ।

ज्योतिष विज्ञानअनुसार कुनै पनि शुभ कार्य थालनीका लागि यो राम्रो साइत मानिन्छ। त्यसैले यस दिन राम्रो काम प्रारम्भ गर्न अतिरिक्त साइत हेराइरहनु पर्दैन भन्ने मान्यता छ ।

सरस्वती पूजाका दिन विशेषगरी अभिभावकले आफ्ना बालबालिकालाई पहिलोपटक अक्षर लेखाउने र पढ्न सिकाउने चलन छ । अक्षराम्भको उपयुक्त अवसर मानिने भएकाले यसदिनबाट शुरुवात गरेपछि ज्ञान प्राप्त हुन्छ भन्ने मान्यतासमेत छ ।

विद्याकी देवी सरस्वतीको पूजा आरधना गर्नाले ज्ञान र शिक्षा प्राप्त हुन्छ भन्ने विश्वास गरिन्छ । त्यसैले त यस अवसरमा विशेषगरी विद्यार्थी, लेखक, कवि, पत्रकार, कलाकारलगायतले सरस्वती, किताब, कपी, कलम, बाध्ययन्त्रलगायत साधनको पूजा गर्ने गरेका छन् ।

बाल्य अवस्थामा यसको अझ बढी महत्व रहने गरेको थियो । तर, हिजोआज बालबालिकामा सरस्वती पूजाको साँस्कृतिक महत्व घट्दै गएको कतिपयको बुझाइछ ।

मानव जीवनमा पूर्णता हासिल गर्नका लागि तीन चिजले खास महत्व राख्दछ, धन, विद्या र शक्ति । विद्या÷ज्ञान÷शिक्षा वास्तवमा त्यही चिज हो, जसले जीवनलाई सहज, सरल, सफल, संघर्षशील अनि संयमित बनाउँछ । पढ्नु भनेको ज्ञान आर्जन गर्नु हो । त्यसैले

सरस्वतीमया दृष्टा वीणा पुस्तक धारिणी
हंस वाहन संयुक्ता विद्यादानं करोतु मे

वास्तवमा यी प्रतिकात्मक देवीका रुपमा परिचित छिन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *