विदेश

बलिउडकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

हिमालय टिभी
२०७८ माघ २३ गते १३:२५
बलिउडकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन

२३ माघ २०७८ मुम्बई । बलिउडकी प्रसिद्ध गायिका लता मंगेशकरको निधन भएको छ ।

मंगेशकरको आज बिहान मुम्बईको ब्रीच क्याण्डी अस्पतालमा उपचारका क्रममा ९२ वर्षको उमेरमा निधन भएको हो । कोरोना संक्रमण भएपछि उनलाई गएको जनवरी ८ तारिखमा अस्पताल भर्ना गरिएको थियो ।

संक्रमण पश्चात निमोनिया देखिएपछि अवस्था गम्भीर बनेपछि उनको आइसियूमा उपचार भइरहेको थियो । मंगेशकरले विभिन्न भाषाका २५ हजारभन्दा बढी गीत गाएकी छिन् । उनले धेरै नेपाली गीतमा पनि स्वर दिएकी छिन् ।

मंगेशकर भारत रत्न, पद्म भूषण, पद्म विभूषण, दादासाहेब फाल्के अवार्ड लगायतका विशिष्ट अवार्डबाट विभूषित थिइन् । उनको आजै साँझ अन्तिम संस्कार गरिने भारतीय सञ्चारमाध्यमले जनाए छन् ।

त्यस्तै उनको निधनमा दुई दिने राष्ट्रिय शोकको घोषणा गरिएको छ । उनको जन्म २८ सेप्टेम्बर १९२८ मा भएको थियो । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मंगेशकरको निधनले भारतलाई अपूरणीय क्षति पुगेको भन्दै शोक व्यक्त गरेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *