खेलकूद
म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाटै बाहिरियो
२०७८ माघ २२ गते ८:१०
२२ माघ २०७८ काठमाडौं । म्यानचेष्टर युनाइटेड एफए कप फुटबलको चौथो चरणबाटै बाहिरिएको छ ।
ओल्ड ट्राफोर्डमा गएराति सम्पन्न खेलमा मिडिल्सब्रोले युनाइटेडलाई पेनाल्टी सुटआउटमा ८–७ गोलले स्तब्ध पारेको हो । निर्धारित र थपिएको अतिरिक्त समयमा पनि खेल १–१ को बराबरी भएपछि खेल पेनाल्टीमा पुगेको थियो ।
युनाइटेडका एन्थोनी एलान्गाको पेनाल्टी प्रहार गोलपोष्टको बारमा लागेर बाहिरिएको थियो ।
यसअघि क्रिष्टियानो रोनाल्डोले २०औं मिनेटमा युनाइटेडलाई अग्रता दिलाउने मौका गुमाएका थिए । उनको पेनाल्टी प्रहार गरेपनि गोल गर्न सकेनन् ।
त्यसपछि २५औं मिनेटमा युनाइटेडका जाडोन साञ्चोले शुरूवाती गोल गरेका थिए । तर ६४औं मिनेटमा मिडिल्सब्रोका म्याट क्रुक्सले गोल गर्दै खेल ११ को बराबरी गरेका थिए ।
प्रतिक्रिया