Main News

हावाहुरीका कारण धनुषामा दुई र रौतहतमा एक जनाको मृत्यु

हिमालय टिभी
२०७८ माघ २१ गते १६:५०
हावाहुरीका कारण धनुषामा दुई र रौतहतमा एक जनाको मृत्यु

२१ माघ २०७८ काठमाडौं । मधेश प्रदेशमा गएरातिदेखि शुरू भएको हावाहुरीमा परेर तीन जनाको मृत्यु भएको छ ।

हावाहुरीले रूख ढल्दा धनुषामा दुई विद्यार्थी र घर भत्किँदा रौतहटमा एक जनाको मृत्यु भएको हो ।

धनुषाको सबैला नगरपालिका वडा नम्बर १२ स्थित फकिरचन्द उच्च माविको प्रांगणमा रहेको रूख ढल्दा ८ वर्षीया प्रतिमाकुमारी सदा र ७ वर्षीया अरबन्दी सदाको मृत्यु भएको धनुषाका एसपी बसन्त रजौरेले जानकारी दिनुभयो । ।

त्यसैगरी रौतहटको बौधीमाई नगरपालिका वडा नम्बर १ स्थित इँटाको घर भत्किँदा ४५ वर्षीया फुलमतीया देवीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *