Main News

जनगणनाको तथ्याङ्कप्रति सांसदहरुको आपत्ति (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १८ गते १८:१९
जनगणनाको तथ्याङ्कप्रति सांसदहरुको आपत्ति (भिडियो रिपोर्टसहित)

१८ माघ २०७८ काठमाडौं । सांसदहरुले केन्द्रीय तथ्याङ्क विभागले सार्वजनिक गरेको १२ औं राष्ट्रिय जनगणनाको प्रारम्भिक तथ्याङ्कको नतिजा तथ्यपरक नभएको भन्दै आपत्ति जनाएका छन ।

सिंहदरबारमा बसेको प्रतिनिधिसभाअन्तर्गतको अर्थ समितिको बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका सांसद एवम् पूर्वअर्थमन्त्री सुरेन्द्र पाण्डेले काठमाडौंको जनगणनाको प्रारम्भिक नतिजा तथ्यपरक नहुनुको कारण स्पष्ट पार्न केन्द्रीय तथ्याङ्क विभागसँग माग गर्नुभयो ।

नेपाली कांग्रेसकी सांसद प्रमिला राईले सही तरिकाले जनसंख्याको तथ्याङ्क नआएको भन्दै गणना गर्न सरकारसँग माग गर्नुभयो । उहाँले विदेशमा गएका नेपालीहरुको जनगणना गर्ने कार्य योजना के छ ? भनि केन्द्रीय तथ्याङ्क विभागलाई प्रश्न गर्नु भयो ।

केन्द्रीय तथ्याङक विभागका महानिर्देशक नेविनलाल श्रेष्ठले सांसदहरुले उठाएको प्रश्नको जवाफ दिँदै कोरोनाको असहज परिस्थितिका कारण जनगणनामा केही तलमाथि भएको हुन सक्ने बताउनुभयो । उहाँले यो प्रारम्भिक नतिजा भएको र पूर्ण भएर आउँदा सबै तथ्य आउनेतर्फ पनि सांसदलाई विश्वस्त बनाउने प्रयास गर्नुभयो ।

महानिर्देशक श्रेष्ठले जनगणनाको प्रारम्भिक नतिजाको कामलाई विभागले इमान्दारिताका साथ समयमै सम्पन्न गराएको बताउनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *