Main News

दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

हिमालय टिभी
२०७८ माघ १८ गते ९:३६
दुर्घटनामा मोटरसाइकलमा सवार दुई युवकको मृत्यु

१८ माघ २०७८ तनहुँ । तनहुँमा सोमबार राती ट्रक र मोटरसाइल ठक्कर खाँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ ।

पृथ्वीराजमार्गमा पर्ने तनहुँको बन्दीपुर गाउँपालिका–१ बेलभञ्ज्याङमा दुर्घटना हुँदा घटनास्थलमै दुईजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।

व्यास नगरपालिका–५ बस्नेहरु वर्ष २२ का अनिल बाचे मगर र वर्ष २१ को विकास विकको घटनास्थलमै मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय तनहुँका प्रमुख गोकर्ण नेपालले जानकारी दिनुभयो ।

डुम्रेबाट दमौली जाँदै गरेको लु १ ख ९८३२ नम्बरको ट्रक र विपरीत दिशाबाट जाँदै गरेको ग १८ प ९२२५ नम्बरको मोटरसाइकल एक आपसमा ठक्कर खाँदा मृत्यु भएको उहाँले जानकारी दिनुभयो ।

दुर्घटनाको अनुसन्धानका लागि ट्रक चालक सवारी साधनलाई नियन्त्रण लिइएको र मृतकको पोष्टमार्टमका लागि शव दमौली अस्पतालमा ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *