विदेश

अनिवार्य खोपको विरोधमा ट्रक चालकको प्रदर्शनका कारण क्यानडाको राजधानी ठप्प

हिमालय टिभी
२०७८ माघ १७ गते ९:१२
अनिवार्य खोपको विरोधमा ट्रक चालकको प्रदर्शनका कारण क्यानडाको राजधानी ठप्प

१७ माघ २०७८ क्यानडा । अमेरिका–क्यानडा सीमा वारपार गर्न खोप अनिवार्य गरिएपछिको विरोधमा ट्रक चालकहरूले गरेको प्रदर्शनका कारण क्यानडाको राजधानी दोस्रो दिन पनि ठप्प छ।

ट्रक चालकहरूले संसद् भवन वरपरका सडकमा ट्रक राखेर अवरुद्ध पारेका छन्। कतिपय प्रदर्शनकारीहले उक्त निर्णय हटाइए पनि देशव्यापी रूपमा अनिवार्य गरिएको खोपलाई अन्त्य गर्नुपर्ने माग गरेका छन् ।

केही प्रदर्शनकारीले एउटा रेस्टुरेन्टका कर्मचारीलाई सित्तैमा खानेकुरा माग गर्दै दुर्व्यवहार गरेको जनाइएको छ। रेस्टुरेन्टले भित्र बस्दा मास्क लगाउनुपर्ने नियम मान्न आग्रह गरेपछि प्रदर्शनकारीले दुर्व्यवहार गरेका थिए ।

सुरक्षा चिन्ताका कारण प्रधानमन्त्री जस्टिन ट्रुडोले ओटावास्थित आफ्नो घर छाडेको बीबीसीले जनाएको छ ।

ट्रुडोको लिबरल सरकारले हालै जारी गरेको आदेशमा खोप नलगाएका क्यानेडियन ट्रक ड्राइभरहरूले दुई देशको सीमा पार गरेपछि अनिवार्य क्वारन्टीन बस्नुपर्ने नियम लगाइएको छ।

अमेरिकाले पनि विदेशी ट्रक ड्राइभरहरूले अमेरिका प्रवेश गर्दा खोपको प्रमाण देखाउपर्ने बताएको छ। क्यानडाका एक लाख २० हजार ट्रक ड्राइभरभध्ये करिब ९० प्रतिशतले खोप लगाइसकेका छन्।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *