Main News

एमसीसी सर्वसम्मतिले पारित गर्नुपर्ने पूर्वप्रधानमन्त्री भट्टराईको जोड

हिमालय टिभी
२०७८ माघ १७ गते ९:००
एमसीसी सर्वसम्मतिले पारित गर्नुपर्ने पूर्वप्रधानमन्त्री भट्टराईको जोड

१७ माघ २०७८ काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का संघीय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले अमेरिकी सहयोग परियोजना एमसीसी संसदबाट सर्वसम्मतिले पारित गर्नुपर्ने बताउनुभएको छ ।

सामाजिक सञ्जाल ट्वीटरमा धारणा राख्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले सबैले यस विषयमा जनतालाई बुझाउनुपर्ने बताउनुभएको छ ।

एमसीसीको निहुँमा प्रतिगमनको विरोधमा बनेको सत्ता गठबन्धन टुट्न नहुने भट्टराईको जोड छ। सत्ता गठबन्धनभित्र नेपाली कांग्रेस र जसपा एमसीसी पास गर्नुपर्ने पक्षमा रहे पनि नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी भने यहि अवस्थामा पास गर्न नहुने पक्षमा छन्।

एमसिसी परियोजना नलिए देशमा विशेदी चलखेल झन् बढ्ने र शक्ति केन्द्रको चलखेलबाट देश बर्बाद बन्न सक्ने भट्टराईको आशंका छ ।

एमसीसी प्रकरण नेपालका रुढिवादी कम्युनिष्टका लागि घाँटीको हाड नबनोस् भन्दै भट्टराईले देश थप कंगाल बनेर जनसंख्या अरु नघटोस् र शक्ति केन्द्रहरुको चलखेलबाट देश बर्बाद नहोस् भन्ने उल्लेख गर्नुभएको छ ।

अहिले सत्तारुढ दलबीच एमसीसी पारित गर्ने वा रोक्ने भन्ने विवाद उत्कर्षमा पुगेका बेला सभामुखले संसद बैठक थप १० दिन सार्नुभएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *