Main News
सरकारी भौतिक सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न नदिइने (भिडियो रिपोर्टसहित)
२०७८ माघ १६ गते १७:२९

१६ माघ २०७८ काठमाडौं । शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले शिक्षा मन्त्रालय मातहतका सरकारी भौतिक सम्पत्ति निजी क्षेत्रलाई प्रयोग गर्न नदिने बताउनु भएको छ ।
मन्त्री पौडेलले केशर महलको निरीक्षण गर्दै महल परिसरमा रहेको जमिन निजी क्षेत्रलाई नदिने बताउनु भएको हो ।
उहाँले सरकारी संरचना नियम विपरीत निजी क्षेत्रलाई प्रयोगमा दिएको पाइएमा कानून अनुसार कारबाही गरिने पनि बताउनुभयो ।
मन्त्री पौडेलले महलको पुनर्निर्माणमा ढिलाइ हुँदा मन्त्रालयसँग सम्बन्धित कतिपय काम व्यवस्थित गर्नको निम्ति भौतिक ठाउँको अभाव भएको समेत बताउनु भयो ।
उहाँले अबको ६ महिनाभित्रमा केशरमहलको काम सक्नेगरी लाग्न पनि निर्देशन दिनुभयो । २०७२ सालको भूकम्पबाट क्षतिग्रस्त महलको पुनर्निर्माणको काम जारी रहेको छ ।
प्रतिक्रिया