Main News

भाषा परीक्षा पास गरेर बसेकामध्ये ७ सय ६८ जनालाई कोरिया पठाइयो

हिमालय टिभी
२०७८ माघ १६ गते ९:०९
भाषा परीक्षा पास गरेर बसेकामध्ये ७ सय ६८ जनालाई कोरिया पठाइयो

१६ माघ २०७८ काठमाडौं । कोरियाली भाषा परीक्षा पास गरेर बसेकामध्ये चालु आर्थिक वर्षमा अहिलेसम्म ७ सय ६८ जनालाई कोरिया पठाइएको छ ।

भाषा परीक्षा उत्तीर्ण गरेर रोजगारदातासँग सम्झौता गरिसकेका तथा भाषा परीक्षा मात्रै उत्तीर्ण गरेर बसेका १० हजार कामदारमध्ये ७ सय ६८ जनालाई मात्रै कोरिया पठाइएको हो ।

कोरोना भाइरस महामारीका कारण भाषा परीक्षा पास गरेर सम्झौतासमेत भइसकेका कामदार पनि कोरिया जान नपाएको र कोरोना कम हुने बित्तिकै प्रक्रिया अघि बढाइने श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री कृष्ण कुमार श्रेष्ठले जानकारी दिनुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *