Main News

सरकार राजदूतविहीन देशमा कहिले पठाउने राजदूत ? (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ १६ गते ८:०४
सरकार राजदूतविहीन देशमा कहिले पठाउने राजदूत ? (भिडियो रिपोर्टसहित)

१६ माघ २०७८ काठमाडौं । चीन,अमेरिका, भारत लगायत धेरै मुलुक लामो समयदेखि राजदूतविहीन छन् । दुई देशबीच असल सम्बन्ध विस्तारको कडीको रुपा रहेका राजदूत नियुक्तिमा भएको ढिलाइले सरकारमाथि प्रश्न चिन्ह खडा भएको छ ।

अन्तर्राष्ट्रिय सहयोग तथा लगानी तथा द्विपक्षीय कूटनीतिक सम्बन्ध स्थापना गर्न राजदूतको ठूलो भूमिका हुन्छ तर लामो समयदेखि राजदूतहरु नियुक्त नहूँदा अन्तर्राष्ट्रिय मञ्चमा नेपालको उपस्थिति कमजोर बन्दै गएको छ ।

सरकारले भारत, अमेरिका र बेलायतका लागि कार्तिक ११ गते नै राजदूत सिफारिस गरेको थियो । भारतका लागि राजदूतमा डाक्टर शंकर शर्मा, अमेरिकाका लागि श्रीधर खत्री र बेलायतका लागि ज्ञानचन्द्र आचार्यको नाम राजदूतका लागि सिफारिस गरिएको थियो ।

सिफारिसको तीन महिनापछि शुक्रबार मात्रै बेलायतको राजदूतका रुपमा आचार्यले नियुक्ति पाउनु भएको छ । आचार्य र शर्मा र खत्रीको नाम संसदीय सुनुवाइ समितिबाट मंसिरमै अनुमोदन भए पनि एग्रिमो नआउदाँ नियुक्ति प्रक्रिया नै रोकिएको थियो । एग्रिमोका लागि सम्बन्धित मुलुकलाई पत्राचार गरिएको भए पनि अझैसम्म आएको छैन । तीनतीन महिनासम्म राजदूत पठाउनै नसक्नुलाई राज्यको कूटनीतिक अक्षम्यताका रुपमा हेरिएको छ ।

शेरबहादुर देउवा नेतृत्वको सरकारले अघिल्लो सरकारको पालामा नियुक्त भएका भारतका लागि राजदूत निलाम्बर आचार्य र अमेरिकाका डाक्टर युवराज खतिवडा फिर्ता बोलाएर शर्मा र खत्रीलाई सिफारिस गरेको थियो । तर फिर्ता बोलाएको ३ महिनाभन्दा बढी हुदाँसमेत भारत, अमेरिका, जापान, चीन लगायतकका महत्वपूर्ण मुलुकमा राजदूतावास राजदूतविहीन छन् ।

सरकार परिर्वतसंगै राजदूत फिर्ता बोलाउने तर नियुक्ति गर्नका लागि भागबण्डामै अल्झिने प्रवृतिले कूटनीतिक क्षमता कमजोर बनिरहेको छ ।

नेपालले राजदूत नियुक्तिमा दलको कार्यकर्ता, आफन्त तथा नातेदारलाई अगाडि सार्ने भएकाले कूटनीतिक उपस्थिति कमजोर छ । त्यसैमाथि बेलैमा काम नहुँदा अन्तर्राष्ट्रिय छबिसमेत बिग्रिँदै जाने जोखिम बढेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *