उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस
![उपत्यकामा लागू गरिएको जोरबिजोर प्रणाली हटाउन सीसीएमसीको सिफारिस](https://www.himalayatv.com/wp-content/uploads/2020/12/cabinet.jpg)
१४ माघ २०७८ काठमाडौं । कोभिड संकट व्यवस्थापन केन्द्र सीसीएमसीले सार्वजनिक सवारीसाधनमा लागू भएको जोर बिजोर प्रणाली हटाउन सिफारिस गरेको छ ।
सीसीएमसीको आज बसेको बैठकले सार्वजनिक सवारीसाधनमा जोर बिजोर प्रणाली लागू गर्दा कोरोना संक्रमणको जोखिम बढ्ने निश्कर्ष सहित हटाउन सरकारलाई सिफारिस गरेको हो । तर, ट्याक्सी तथा निजी सवारीसाधनमा भने जोरबिजोर प्रणाली यथावत् राखिएको छ ।
सीसीएमसीको बैठकले सिनेमा घर, डान्सबार तथा दोहोरी माघ मसान्तसम्म बन्द गर्नपनि सिफारिस गरेको छ ।
यस्तै विद्यार्थीहरुलाई भ्याक्सिन लगाउनका लागि माघ मसान्तसम्म विद्यालय खोल्न तर, पठनपाठन भने भर्चुअल माध्यामबाटै गर्न पनि सीसीएमसीले सिफारिस गरेको छ ।
यस्तै, स्वास्थ्य मापदण्ड अपनाएर विश्वविद्यालयहरुको परीक्षा सञ्चालन गर्न पनि शिक्षा मन्त्रालयलाई सिफारिस गरिएको छ ।
प्रतिक्रिया