Main News

केन्द्रको निर्णय अनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ : मुख्यमन्त्री केसी

हिमालय टिभी
२०७८ माघ १४ गते १४:३९
केन्द्रको निर्णय अनुसार लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्छ :  मुख्यमन्त्री केसी

१४ माघ २०७८ रोल्पा । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले केन्द्रको निर्णयअनुसार नै लुम्बिनी प्रदेशको गठबन्धन अगाडि बढ्ने बताउनुभएको छ ।

सञ्चारकर्मीहरुसँग आज यहाँ कुरा गर्दै मुख्यमन्त्री केसीले प्रदेश सरकारको नेतृत्वबारे केन्द्रबाटै निर्णय हुने स्पष्ट पार्नुभयो । “केन्द्रमा गठबन्धन बन्नुअघि नै लुम्बिनीले त्यसको सुरुआत गरेको हो,” उहाँले भन्नुभयो । गलतधारका विरुद्ध सही धार स्थापनाका लागि वाम लोकतान्त्रिक गठबन्धन बनेको उहाँको भनाइ थियो ।

नेपालमा गठबन्धन संस्कार निकै चुनौतीपूर्ण रहेको उल्लेख गर्दै उहाँले सचेततापूर्वक वर्तमान गठबन्धनलाई बचाउनुपर्नेमा जोड दिनुभयो ।

राष्ट्रियसभा निर्वाचनका लागि दाङ हुँदै गृहजिल्ला रोल्पा आउनुभएका मुख्यमन्त्री केसीले रोल्पा नगरपालिका–७ दारबोटमा निर्मित प्रहरी चौकी भवनको समेत उद्घाटन गर्नुभयो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *