क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक
१४ माघ २०७८ काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ।
क्यानले सन् २०२२ को नयाँ केन्द्रीय सम्झौताका लागि खेलाडीको वर्गीकरण सार्वजनिक गरेको हो । रुपन्देहीमा हिजो सम्पन्न क्यानको बोर्ड बैठकले महिला र पुरुष दुबैतर्फका १८(१८ जना खेलाडीलाई वर्गीकरणमा राखेको छ ।
पुरुषतर्फ ग्रेड ए मा सन्दीप लामिछाने, ज्ञानेन्द्र मल्ल, दीपेन्द्र सिंह ऐरी, सोमपाल कामी र करण केसी रहेका छन् । ग्रेड बी मा कुशल भुर्तेल, आसिफ शेख, शरद भेष्वाकर, आरिफ शेख, अविनाश बोहोरा र विनोद भण्डारी छन् ।
यस्तै ग्रेड सी मा कुशल मल्ल, रोहित कुमार पौडेल, कमलसिंह ऐरी, विक्रम सोब, साहब आलम, सुशन भारी र पवन सर्राफ रहेका छन् ।
महिलातर्फ ग्रेड ए मा रुबिना क्षेत्री, सिता राना मगर, इन्दु बर्मा, काजल श्रेष्ठ र करुणा भण्डारी रहेका छन् ।
ग्रेड बी मा सरिता मगर, कविता कुवर, अप्सरी बेगम, सरस्वती चौधरी, सबनम राई र ज्योति पाण्डे रहँदा सी ग्रेडमा डली भट्ट, कविता जोशी, संगिता राई, रोमा थापा, अस्मिना कर्माचार्य, ममता चौधरी र विन्दु रावल रहेका छन् ।
त्यस्तै क्यानको वार्षिक साधारण सभा आगामी फागुन १३ र १४ मा धनगढीमा गर्ने निर्णय भएको छ।
प्रतिक्रिया