खेलकूद

इजिप्ट र इक्वाटोरियल गिनी अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनल प्रवेश

हिमालय टिभी
२०७८ माघ १३ गते ८:०४
इजिप्ट र इक्वाटोरियल गिनी अफ्रिका कप अफ नेशन्सको क्वाटरफाइनल प्रवेश

१३ माघ २०७८ काठमाडौं । इजिप्ट र इक्वाटोरियल गिनी अफ्रिका कप अफ नेशन्सको फूटबलको क्वाटरफाइनलमा प्रवेश गरेका छन् ।

गएराति सम्पन्न अन्तिम १६ को खेलमा आइभोरी कोष्टलाई पेनाल्टी सुटआउटमा ५–४ गोलले स्तब्ध बनाउँदै इजिप्ट अन्तिम आठमा पुगेको हो ।

प्रतिस्पर्धात्मक खेलको निर्धारित ९० मिनेट र थप गरिएको अतिरिक्त समयमा पनि कुनै गोल नभएपछि खेल पेनाल्टी सुटआउटमा पुगेको थियो ।

पेनाल्टीमा इजिप्टका जिजो, अमर एल सोलिया, ओमार कमाल, मोहमद अब्देल र मोहमेद सलाहले गोल गरे ।

आइभोरीका निकोलस पेपे, इब्राहिम सांगारे, म्याकस्वेल कर्नेट र विलफ्रेड जाहाले गोल गर्दा एरिक बाइले गोल गर्न सकेनन् । अब इजिप्टले क्वाटरफाइनलमा मोरक्कोसँग प्रतिस्पर्धा गर्नेछ ।

यस्तै अर्को खेलमा मालीलाई पेनाल्टी सुटआउटमा ६–५ ले हराउँदै इक्वाटोरियल गिनीले पनि क्वाटरफाइनल स्थान बनाएको छ ।

यी दुईबीचको निर्धारित र अतिरिक्त समयको खेल पनि गोलरहित बराबरीमा सकिएको थियो । गिनीले क्वाटरफाइनलमा सेनेगलको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्