Main News

राष्ट्रियसभा चुनावको मतदानस्थलबाहिर जनकपुरमा झडप, मेयरको गाडी तोडफोड

हिमालय टिभी
२०७८ माघ १२ गते १३:३१
राष्ट्रियसभा चुनावको मतदानस्थलबाहिर जनकपुरमा झडप, मेयरको गाडी तोडफोड

१२ माघ २०७८ जनकपुर । मधेस प्रदेशमा राष्ट्रियसभा निर्वाचनअन्तर्गत मतदान जारी रहेका बेला मतदान स्थल बाहिर सामान्य झडप भएको छ ।

जनमत पार्टीका कार्यकर्ता मतदानस्थल प्रवेश गर्न खोज्दा प्रहरीले लाठीचार्ज र अश्रुग्यास प्रहार गरेको थियो । त्यसपछि पनि प्रहरी र प्रदर्शनकारीबीच विभिन्न स्थानमा पटक पटक झडपका भएको थियो ।

यस्तै पार्टीका कार्यकर्ताले सर्लाहीको हरिवन नगरपालिकाका मेयर गणेश प्रसाईं सवार गाडी तोडफोड गरेका छन् । मेयर प्रसाईं र उपमेयर रेनुका पौडेल सवार गाडीमा तोडफोड हुँदा प्रसाईं घाइते हुनुभएको छ ।

मेयर प्रसाईंको कञ्चटमा चोट लागेको छ । मतदानका लागि मेयर र उपमेयर सवारी गाडी रामचौकीमा प्रदर्शनकारीले घेरा हालेर तोडफोड गरेका थिए ।

त्यस्तै प्रदेश सांसद अशोक यादवको हातमा चोट लागेको छ । जनमत पार्टीका कार्यकर्ताले बिहानैदेखि जनकपुरधामका विभिन्न स्थानमा प्रदर्शन गर्दै आएका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *