Main News
राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा आज सार्वजनिक गरिँदै
२०७८ माघ १२ गते ८:५५

१२ माघ २०७८ काठमाडौं । केन्द्रीय तथ्याङ्क विभागले आज राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा आज सार्वजनिक गर्ने भएको छ ।
विभागले आज दिउँसो भर्चुअल पत्रकार सम्मेलन गरेर राष्ट्रिय जनगणना २०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गर्न लागेको हो ।
पहिलो चरणमा गत २०७८ भदौ ३० देखि असोज १८ र दोस्रो चरणमा २०७८ कात्तिक २५ देखि मंसिर ९ गतेसम्म जनगणना भएको थियो ।
विभागले आज परिवार सङ्ख्या, महिला र पुरुषसहित जम्मा जनसङ्ख्या कति र विदेशमा रहेकाको सङ्ख्या आज सार्वजनिक हुन लागेको हो ।
प्रतिक्रिया