Political Hightlights

स्थानीय चुनाव सारे एमालेले नसहने चेतावनी (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ११ गते १७:०८
स्थानीय चुनाव सारे एमालेले नसहने चेतावनी (भिडियो रिपोर्टसहित)

११ माघ २०७८ झापा । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका स्थायी कमिटी सदस्य तथा पूर्वमहान्याधिवक्ता अग्नि खरेलले स्थानीय तहको चुनाव सार्ने काम गरिए त्यो गैरसंवैधानिक काम हुने बताउनु भएको छ ।

विर्तामोडस्थित निजी निवासमा आज पत्रकारसँगको भेटघाटमा नेता खरेलले स्थानीय चुनाव सारे एमालेले नसहने चेतावनी दिनुभयो । उहाँले संविधानभन्दा बाहिर गएर कसैले पनि काम गर्न नसक्ने बताउनुभयो ।

नेता खरेलले आफ्ना नजिकका कानून व्यवसायीलाई राखेर नेपाली जनतालाई नझुक्याउन सत्तागठबन्धनलाई सचेत गराउनुभयो ।

२०७३ सालमा निर्वाचनसम्बन्धी कानून जारी भएर स्थानीय तहको पहिलो निर्वाचन पनि भएकाले अब त्यो कानून संशोधन गर्नु नेपाली जनतालाई धोका दिनुबाहेक केही नभएको खेलको भनाइ छ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्