खेलकूद

गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेशन्स फूटबलको क्वारफाइनलमा

हिमालय टिभी
२०७८ माघ ११ गते ७:२७
गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेशन्स फूटबलको क्वारफाइनलमा

११ माघ २०७८ काठमाडौं । गाम्बिया र क्यामरुन अफ्रिका कप अफ नेशन्स फुटबलको क्वारफाइनलमा प्रवेश गरेका छन् ।

गएराति सम्पन्न अन्तिम १६ मा गुएनामाथि १–० को साँघुरो जित निकाल्दै गाम्बिया क्वारफाइनलमा पुगेको हो । गाम्बियाको जितमा ७१औं मिनेटमा मुसा बरोले गरेको गोल नै निर्णायक रह्यो ।

गाम्बिया समूह एफ को उपविजेता र गुएना समूह बी को उपविजेता टोली हुन् । गाम्बिया ८७औं र गुएन इञ्जुरी समयमा १० खेलाडीमा सीमित भएका थिए ।

यस्तै अर्को खेलमा कामारोसमाथि २–१ को जितसहित क्यामरुन पनि अन्तिम आठमा पुगेको छ । खेलको सातौं मिनेटमा कामारोसका अब्देउले रेड कार्ड पाएका थिए ।

क्यामरुनका लागि २९औं मिनेटमा कार्ल टाको इकाम्बी र ७०औं मिनेटमा भिनसेन्ट अबुबाकरले गोल गरे । कामारोसकातर्फबाट ८१औं मिनेटमा युसुफले एक गोल फर्काए । क्वारफाइनलमा गाम्बिया र क्यामरुनबीच प्रतिस्पर्धा हुनेछ ।

यसैबीच क्यामरुन र कामारोसको खेलका क्रममा भएको झडपका क्रममा ६ जनाको मृत्यु हुँदा कैयौँ घाइते भएका छन् । सामाजिक सञ्जालहरुमा मानिसहरु रंगशाला प्रवेशका लागि तँछाडमछाड गरिरहेको देखिएको थियो ।

६० हजार दर्शक क्षमताका पाउल बिया रंगशालामा कोरोना नियमका कारण ८० प्रतिशतभन्दा बढी दर्शक प्रवेशको अनुमति थिएन ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्