अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने प्रशासनको निर्णय

हिमालय टिभी
२०७८ माघ १० गते १८:१६
अत्यावश्यकबाहेकका सबै सेवा बन्द गर्ने प्रशासनको निर्णय

१० माघ २०७८ बाँके । कोरोना भाइरस संक्रमण बढ्दै गएपछि जिल्ला प्रशासन कार्यालय बाँकेले भोलिदेखि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गर्ने निर्णय गरेको छ ।

जिल्ला प्रशासन कार्यालय कै कर्मचारीमा कोरोना संक्रमण देखिएपछि भोलिदेखि अर्को सूचना प्रकाशित नहुँदासम्मका लागि अत्यावश्यक बाहेकका सेवाहरु बन्द गरिएको बाँकेका प्रमुख जिल्ला अधिकारी सूर्यबहादुर खत्रीले बताउनु भयो ।

कर्मचारीहरुमा संक्रमण देखिएको र केही कर्मचारीहरुलाई मिल्दोजुल्दो लक्षण देखा परेकाले उनीहरु अहिले होम आइसोलेशनमा छन् ।

कार्यालयबाट प्रदान गरिने नागरिकता, राहदानी, राष्ट्रिय परिचयपत्र, संघसंस्था दर्ता–नवीकरण हातहतियार नवीकरणलगायतका सेवाहरु हाललाई स्थगित गरिएको उहाँले बताउनु भयो ।

कार्यालयका एक जना प्रशासकीय अधिकृत, ३ जना सुब्बा र २ जना खरिदारसहित ६ जना कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *