Political Hightlights

निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावनाविपरीत भएको राप्रपाको ठहर (भिडियो रिपोर्टसहित)

हिमालय टिभी
२०७८ माघ ९ गते १८:३०
निर्वाचन आयोगको पत्र संविधानको मर्म र भावनाविपरीत भएको राप्रपाको ठहर (भिडियो रिपोर्टसहित)

९ माघ २०७८ काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले निर्वाचन आायोगले पठाएको पत्र संविधानको मर्म र भावनाविपरीत् भएको भन्दै कानूनी र राजनीतिक उपचार खोज्ने निस्कर्ष निकालेको छ ।

केन्द्रीय कार्यालय चावहिलमा बसेको केन्द्रीय पदाधिकारीको बैठकले कानूनी उपचार खोज्ने निस्कर्ष निकालेको हो । बैठकपछि अध्यक्ष राजेन्द्र लिङ्देनले निर्वाचन आयोगले भन्दैमा पार्टीको मूल सिद्धान्त नै संशोधन गरेर नजाने बताउनु भयो ।

उहाँले आफ्नो पार्टीको विधान संविधानको परिधिभित्र नै रहेकाले आयोगको निर्देशन पूर्वाग्रही देखिएको भन्दै उचित समयमा त्यसको जवाफ दिने बताउनु भयो ।

निर्वाचन आयोगले भने राष्ट्रिय प्रजातन्त्र पार्टीले आफ्नो विधानका केही अंश नसच्याए आयोगले उपयुक्त निर्णय गर्ने स्पष्ट पारेको छ ।

आयोगका सहसचिव एवं सहप्रवक्ता कोमलप्रसाद धमलाले राप्रपाको विधानको धारा ४ मा सनातन हिन्दू एवं राजसंस्थासहितको प्रजातन्त्रको मान्यता अभिवृद्धि गर्न र कायम गर्न भनेकाले हटाउनुपर्ने बताउनुभयो ।

सहप्रवक्ता धमलाले राष्ट्रिय प्रजातन्त्र पार्टीले निर्वाचन आयोगले भने अनुसारको विधान परिवर्तन गरेर ल्याउनेमा आशावादी रहेको पनि बताउनु भयो ।

निर्वाचन आयोगले माघ २ गते राप्रपालाई आफ्नो पार्टीको विधान संशोधन गरेर सात दिनभित्र निर्वाचन आयोगमा उपस्थित हुन निर्देशन दिएको थियो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्