खेलकूद
प्रिमियर लीग फूटबलः शीर्ष स्थानमा म्यानचेष्टर सिटी बराबरीमा रोकियो
२०७८ माघ ९ गते ७:५२
९ माघ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फुटबलमा शीर्ष स्थानको म्यानचेष्टर सिटी बराबरीमा रोकिएको छ ।
सिटीले आफ्नो पछिल्लो खेल साउथह्याम्टनसँग एकएक गोलको बराबरी खेलेको हो । लगातार १२ खेलमा अपराजित सिटी साउथह्याम्टनसँग बराबरीमा रोकिएको हो ।
घरेलु मैदान सेन्ट मेरी रंगशालामा साउथह्याम्टनले सातौं मिनेटमै काइल वाल्कर पिटर्सको गोलसँगै अग्रता लियो ।
त्यसपछि सिटीका लागि ६५औं मिनेटमा आयमेरिक लापोर्टेले गोल थपेका थिए । बराबरीपछि पनि सिटीले २३ खेलबाट ५७ अंक जोडेको छ ।
प्रिमियर लीग अन्तर्गत नै गएराति म्यानचेष्टर युनाइटेडले वेष्ट ह्याम युनाइटेडलाई, एष्टन भिल्लाले एभर्टनलाई तथा न्यूक्यासल युनाइटेडले लिड्स युनाइटेडलाई समान १० र उल्फ्ले ब्रेन्टफोर्डलाई २(१ हराए ।
प्रतिक्रिया