६ महिनामा १ सय ३९ जना फरार अभियुक्त पक्राउ (भिडियो रिपोर्टसहित)
२०७८ माघ ८ गते १६:५४

८ माघ २०७८ बाँके । बाँके प्रहरीले ६ महिनाको अवधिमा १ सय ३९ जना फरार अभियुक्तलाई पक्राउ गरेर अदालतमा बुझाएको छ ।
साउनदेखि माघसम्म पक्राउ परेकामध्ये अधिकांश हत्या, अपहरण, ज्यान मार्ने उद्योग, चोरी डकैती, बलात्कार, लागुऔषध, सवारी ज्यानजस्ता जघन्य अपराधमा अदालतबाट सजाय पाएहरु छन् ।
गत वर्ष बाँके प्रहरीले ४ सय ७८ वटा मुद्दामा अदालतबाट सजाय पाएका ५ सय १८ जनालाई पक्राउ गरेको थियो ।
बाँकेमा अझै पनि अदालतबाट कैद सजाय पाएका करिब ५ सय अपराधी फरार छन् ।
प्रतिक्रिया