विदेश

अस्ट्रियामा कोरोनाविरुद्धको खोप नलगाए ३ हजार ६ सय डलर जरिवाना तिर्नुपर्ने

हिमालय टिभी
२०७८ माघ ८ गते ९:०७
अस्ट्रियामा कोरोनाविरुद्धको खोप नलगाए ३ हजार ६ सय डलर जरिवाना तिर्नुपर्ने

८ माघ २०७८ अस्ट्रिया । अस्ट्रिया सरकारले अनिवार्य खोपको व्यवस्थासम्बन्धी विधेयक संसदबाट पारित गरेको छ ।

जसअनुसार अब खोप नलगाउने व्यक्तिले ३ हजार ६ सय डलर जरिवाना तिर्नुपर्ने हुन्छ । सरकारले जारी गरेको यो व्यवस्था फेबु्रअरी १ बाट सबैका लागि लागू हुने बताइएको छ ।

सबै नागरिकले अनिवार्य खोप लगाउनुपर्ने विधेयक तल्लो सदनबाट पारित भइसकेको छ। माथिल्लो सदनबाट पारित भएर राष्ट्रपतिले हस्ताक्षर गरेपछि विधेयकले कानूनको रुप लिनेछ । खोप आदेश सन् २०२४ को जनवरीसम्म लागू हुनेछ।

अस्ट्रिया सरकारले खोप नलगाएकाहरूलाई खोप लगाउनका लागि प्रोत्साहन गर्न १ अर्ब ४० करोड डलर खर्च लाग्ने अनुमान गरेको छ । अस्ट्रियामा हालसम्म ७२ प्रतिशतले कोरोनाविरुद्ध पूर्ण खोप लगाइसकेका छन् ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *