खेलकूद

प्रिमियर लीग फूटबलमा वाटफोर्डविरुद्ध नर्विच सिटी विजयी

हिमालय टिभी
२०७८ माघ ८ गते ८:०३
प्रिमियर लीग फूटबलमा वाटफोर्डविरुद्ध नर्विच सिटी विजयी

८ माघ २०७८ काठमाडौं । इंग्लिस प्रिमियर लीग फूटबलमा नर्विच सिटी विजयी भएको छ ।

प्रिमियर लीगको पछिल्लो खेलमा नर्विचले वाटफोर्डमाथि ३–० गोलको जित निकालेको हो । अवे मैदानमा नर्विचका लागि ५१औं र ७४औं मिनेटमा गरी जोश सरगेन्टले दुई गोल गरे ।

खेलको ७८औं मिनेटमा डेनिसले रेड कार्ड पाएपछि वाटफोर्ड १० खेलाडीमा सीमित भएको थियो । त्यसपछि खेलको अन्तिम समयको इञ्जुरी समयमा वाटफोर्डका कुकाले आत्मघाती गोल गरेसँगै नर्विच ३–० ले विजयी भयो ।

जितपछि २२ खेलबाट १६ अंक जोडेको नर्विच रेलिगेशन जोनबाट माथि उक्लिएको छ भने वाटफोर्ड रेलिगेशन जोनमा पुगेको छ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्