Main News
गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु, ६ जना घाइते
२०७८ माघ ८ गते ७:५७

८ माघ २०७८ गुल्मी । गुल्मीमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने ६ जना घाइते भएका छन् ।
हिजो बेलुका मुसिकोट नगरपालिका–९ उर्लेनिबाट बाग्लुङको काडेबासतर्फ जाँदै गरेको लु १ च ७२९८ नम्बरको जीप मुसिकोटको ददल्कामा दुर्घटना भएको हो ।
दुर्घटनामा परी घाइते भएका मुसिकोट नगरपालिका –९ का ५५ वर्षीय कालु भनिने तीर्थ विकको वामिटक्सारमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।
घाइते चालकसहित चार जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । जीपमा ७ जना यात्रु सवार रहेका थिए । जीप सडकबाट करीब ४० मिटर तल खसेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया