खेलकूद
आहा ! रारा गोल्डकपमा आज पहिलो क्वाटरफाइनल खेल हुँदै
२०७८ माघ ८ गते ७:२४

८ माघ २०७८ पोखरा । पोखरामा जारी आहा रारा गोल्डकप फूटबल प्रतियोगितामा आज पहिलो क्वाटरफाइनल खेल हुँदैछ ।
सेमिफाइनल प्रवेशका लागि बिवाइएसी मिनेसोटा युएसए र एपीएफ क्लबले प्रतिस्पर्धा गर्नेछन् । विभागीय टोली एपीएफले आयोजक सहारा क्लबलाई २० ले हराउँदै क्वाटरफाइनलमा पुगेको थियो ।
उता बिवाइएसीले भने सोझै क्वाटरफाइनल खेल्न लागेको हो । आजको विजेताले सेमिफाइनलमा संकटा क्लब र मछिन्द्र क्लबबीचको विजेतासँग खेल्नेछ ।
पोखरा रंगशालामा खेल दिउँसो साढे दुई बजे शुरू हुनेछ ।
प्रतिक्रिया