खेलकूद

पुलिस आहा रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश, शेर्पा सडन डेथमा पराजित

हिमालय टिभी
२०७८ माघ ७ गते १८:०३
पुलिस आहा रारा गोल्डकपको क्वाटरफाइनल प्रवेश, शेर्पा सडन डेथमा पराजित

७ माघ २०७८ पोखरा । सडन डेथमा हिमालयन शेर्पा क्लबलाई हराउँदै विभागीय टोली नेपाल पुलिस क्लब आहा रारा गोल्डकप फूटबल प्रतियोगिताको क्वाटरफाइनलमा प्रवेश गरेको छ ।

पोखरा रंगशालामा आज सम्पन्न प्रतिस्पर्धात्मक खेलको सडन डेथमा बाजी मार्दै पुलिसले अन्तिम आठमा स्थान बनाएको हो । निर्धारित समय १–१ गोलको बराबरी हुँदा अतिरिक्त समयसम्म पुगेको खेलमा कुनै गोल नभएपछि पेनाल्टी सुटआउटमा पुगेको थियो ।

सुरुवाती ५ पेनाल्टीमा दुवै टोलीले १–१ प्रहारमा चुकाए । पुलिसका तीर्थ रानामगर, निरकुमार राई, सुमन सुवेदी र भोला सिलवालले गोल गर्दा चौंथो प्रहार गरेका कपिल ढकालको सट आकाशिएको थियो । यता शेर्पाका लागि पहिलो प्रहार लिएका उलरीच सिवेको प्रहार विफल हुँदा त्रिदेव गुरुङ, आशिष गुरुङ, मुताम्बा पिस्टोने र कप्तना विश्वास श्रेष्ठले गोल गरे ।

सुरुवाती ५ प्रहारमा ४९४ गोल हुँदा सडन डेथसम्म गएको खेलमा पुलिसका बुद्ध तामाङले गोल गर्दा जीवन गुरुङले शेर्पाका लागि बराबरी गोल फर्काए । त्यसपछि पुलिसका राम वाजीले गोल गर्दा शेर्पाका पूर्णबहादुर गुरुङको प्रहार सब्स्टिच्युट गोलकिपर रोशन खड्काले रोके ।

यसअघि, पहिलो हाफ गोल रहित बराबरी भएको खेलको दोस्रो हाफमा दुवैले १–१ गोल गरेका थिए । ५२ औं मिनेटमा तीर्थ रानामगरले लिएको पासलाई निर कुमार राईले वान टचमा गोल गर्दै पुलिसलाई अग्रता दिलाए । त्यसको ७ मिनेटपछिनै शेर्पा खेलमा फर्कियो ।

पुलिसको कमजोर डिफेन्सको फाइदा उठाउँदै कप्तान विश्वास श्रेष्ठको गोलबाट शेर्पाले बराबरी गर्यो । अतिरिक्त समयमा पुलिसका नियमित गोलकिपर संजित श्रेष्ठको स्थानमा आएका रोशन खड्काले पेनाल्टीमा उत्कृष्ट प्रदर्शन गर्दै पुलिसलाई जित दिलाए ।

अब पुलिसले सेमिफाइनल प्रवेशका लागि मनाङ मर्स्याङ्दी क्लबको सामना गर्नेछ ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

यो पनि पढनुहोस्