Main News

प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

हिमालय टिभी
२०७८ माघ ७ गते १३:२४
प्रधानमन्त्री देउवाले राष्ट्रका नाममा सम्बोधन गर्नुहुने

७ माघ २०७८ काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज अपराह्न ३ बजे राष्ट्रका नाममा सम्बोधन गर्नुहुने भएको छ ।

वर्तमान सरकार गठन भएको ६ महिना पुगेको अवसरमा उहाँले राष्ट्रका नाममा सम्बोधन गर्न लाग्नुभएको हो । नेपाली कांग्रेसका सभापतिसमेत रहनुभएका देउवाले गत असार २९ गते प्रधानमन्त्रीको शपथ लिनुभएको थियो ।

प्रधानमन्त्री देउवाले सम्बोधनका क्रममा सरकारका कामकारबाहीबारे समेत जानकारी गराउनुहुने बताइएको छ । सम्बोधन नेपाल टेलिभिजनबाट प्रत्यक्ष प्रसारण हुने प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । प्रधानमन्त्रीका रुपमा यो उहाँको पाँचाँै कार्यकाल हो ।

प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *