Main News
कोटेश्वरमा टिपरले मोटरसाइकललाई ठोक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु
२०७८ माघ ५ गते ९:११
५ माघ २०७८ काठमाडौं । काठमाडौँको कोटेश्वरमा टिपर र मोटरसाइकल ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
गएराति प्रदेश ३–०२०२६ प १८२४ नम्बरको मोटरसाइकल टिपरमा ठोक्किँदा घाइते भएका मोरङ घर भइ भक्तपुरको सल्लाघारी बस्दै आएका २६ वर्षका अनन्त लिम्बूको मृत्यु भएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार मोटरसाइकलसँग ठोक्किएको टिपर भागेको छ । अहिले टिपर र टिपर चालकको खोजी भइरहेको छ । दुर्घटनाको कारण नखुलेको प्रहरीले जनाएको छ ।
प्रतिक्रिया