खेलकूद
प्रधानमन्त्री कप क्रिकेटको उपाधि भिडन्त आज
२०७८ माघ ५ गते ७:३३
५ माघ २०७८ काठमाडौं । काठमाडौंमा जारी प्रधानमन्त्री कप ट्वेन्टी–ट्वेन्टी क्रिकेट प्रतियोगिताको फाइनल खेल आज हुँदैछ ।
उपाधिका लागि दुई विभागीय टोली नेपाल पुलिस क्लब र एपीएफ क्लबले प्रतिस्पर्धा गर्दैछन् ।
एपीएफले दोस्रो सेमिफाइलनमा अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ४७ रनले पराजित गरेको थियो ।
उता पहिलो सेमिफाइनलमा पुलिसले बागमती प्रदेशमाथि ५० रनको जित निकालेको थियो । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा खेल विहान १० बजे शुरू हुनेछ ।
प्रतिक्रिया