कोरोना नियन्त्रणमा सरकारको आदेशः होला कार्यान्वयन ? (भिडियो रिपोर्टसहित)
३ माघ २०७८ काठमाडौं । सरकारले नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणसम्बन्धी आदेश २०७८ आइतबार जारी गर्यो । आदेशअनुसार सबै प्रकारका सभा तथा धेरै मानिस भेला हुने क्रियाकलाप आगामी माघ मसान्तसम्म सञ्चालन गर्न पाइनेछैन । कोरोना रोकथामका लागि दिएको यो आदेश कार्यान्वयन गर्न सकिएला ?
नयाँ भेरियन्ट ओमिक्रोनसहितको कोभिड १९ महामारीको तेस्रो लहर रोकथाम तथा नियन्त्रणका लागि सरकार बेलैमा गम्भिर भएको देखिन्छ । कोरोनाको पहिलो र दोस्रो लहर व्यवस्थापनमा चुकेको अवस्थामा सरकारले अहिले गरेको निर्णय स्वागतयोग्य पनि छ । सरकारले कार्यान्वयन गर्न सके आदेश र निर्णयको औचित्य हुने जनस्वास्थ्यविद्को भनाइ छ ।
सरकारले कोभिड नियन्त्रणका लागि जारी गरेको निर्देशनमा भौतिक उपस्थिितमा विशेष कडाई गर्ने प्रयास गरेको छ । भिडभाड हुने सार्वजनिक स्थानमा २५ जना र सामाजिक कार्यमा ५० जना मात्रै भेला हुन पाउने निर्णय छ । सिनेमा हल, डान्सबार, दोहोरी, नाचघरलगायत धेरै भिडभाड हुने क्षेत्र माघ १५ गतेसम्म सञ्चालनमै रोक लगाएको छ । थोरै व्यक्ति मात्रै सहभागिताको लागि अनुमति दिएको सरकारको यो निर्णयले कोभिड संक्रमण नियन्त्रणमा कस्तो असर गर्ला रु
विद्यालय तथा विश्वविद्यालय भौतिक रुपमा सञ्चालन नगर्ने भनिएको छ । भौतिकरुपमा उपस्थित भई गर्नुपर्ने कार्यमा जनस्वास्थ्यका मापदण्ड पालना गर्ने गरी एन्टिजेन परीक्षण गरी रिपोर्ट नेगेटिभ आएका बढीमा २५ जना मात्रै सहभागी रहने गरी सञ्चालन गर्न निर्देशन छ।
साथै कुनै पनि क्रियाकलाप सञ्चालन गर्दा माघ ७ गतेबाट खोपको पूरा मात्रा लगाएका व्यक्तिहरु मात्र उपस्थित हुनेगरी कार्यक्रम गर्ने व्यवस्था मिलाउन पनि भनिएको छ । सबै नागरिकलाई खोप लगाउन नसकेको सरकारको यो निर्णयले भने चकित बनाएको छ ।
कोरोना संक्रमण भुसको आगोझै फैलिरहेको छ । सरकारले यतिवेला आदेश मात्रै जारी गरेको छ यसको पालना गर्ने र कोरोना संक्रमण फैलन नदिने जिम्मेवारी भने सरकारको भन्दा बढी हामी नागरिककै हो ।
प्रतिक्रिया